
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठमाथि संकट देखिएको छ । आफ्ना जीवनभरिका सहयोद्धा स्व. कमानसिंह लामाले मर्ने बेला आफ्नो परिवार उजाडेको र सेयरबापतको दुई करोड खाइदिएको अडियो र फेसबुकमा स्टाटस लेखेपछि नारायणकाजी अप्ठेरोमा परेका हुन् । तर, यतिबेला सबैभन्दा बढी चासो नारायणकाजीको अडियो र भिडियो कसरी, कुन नियतले सार्वजनिक भयो रु सबैको ध्यान त्यतै गएको छ ।
मृत्युशैयामा पुगेको मान्छेले सत्य बोल्छ भन्ने मान्यताका आधारमा सबैले कमानसिंहले लेखेको विश्वास गरेका छन् । कमानसिंहको मृत्यु भएदेखि नै श्रेष्ठले नै उनको घर उजाड बनाएको, आठ करोड खाएको जस्ता समाचार प्रवाह गरिरहेको छैन, भिडियो संवाद नै सार्वजनिक भएको छ । नारायणकाजी श्रेष्ठले आफूलाई सिध्याउन बालुवाटार परिचालन भएको सार्वजनिक रुपमा बताइसकेका छन् । उनले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वजनमोर्चाका नेताहरुसँग पनि यही कुरा राखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij