Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

भारतीय उपराष्ट्रपतिले दिए पदवाट राजिनामा

  • काठमाडौं । भारतका १४औँ उपराष्ट्रपति जगदीप धनखरले राजिनामा दिएका छन् । स्वास्थ्यका कारण देखाउँदै २१ जुलाई राति देखी लागु हुने गरी उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । ७४ वर्षीय धनखरको कार्यकाल १० अगस्ट  २०२७ सम्म कायम थियो ।

    images
    images
    images

    उनले जुलाई १० मा मात्रै एक कार्यक्रममा भनेका थिए, ‘भगवानको कृपाले मलाइ सौभाग्य प्राप्त भएको छ कि म अगस्ट २०२७ मा मात्रै रिटायर हुनेछु, त्यो बेला सम्म देशका लागि काम गर्न पाएकोमा गर्ब गरेको छु ।’ तर, यसो भनेको ११ दिन पछि अचानक उनको राजिनामा आए पछि एक किसिमको तरंग छाएको छ । 

    images

    धनखरले धारा ६७ (ए) बमोजिम राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा पत्र बुझाइसकेको जनाएका हुन् । उनले राजिनामा पत्रमा लेखेका छन् – ‘स्वास्थ्य र चिकित्सा सल्लाहलाई प्राथमिकता दिँदै तत्काल प्रभावबाट भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिँदैछु ।’ पत्रमा उनले सहयोग र सौहार्दपूर्ण सम्बन्धका लागि राष्ट्रपतिलाई धन्यवाद दिएका छन् । साथै, सहयोगका लागि प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई धन्यवाद पनि दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij