Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

छिमेकी देश भारतमा कोरोना दोस्रो लहर देखापरेकोले सतर्कता अपनाउन सरकारलाई सुझाव

छिमेकी देश भारतमा कोरोना दोस्रो लहर देखापरेकोले सतर्कता अपनाउन सरकारलाई सुझाव

  • काठमाडौं ।  बुधबार सिंहदरबारस्थित समितिको हलमा बसेको बैठकमा समितिले गठन गरेको उपसमितिका संयोजक जीवनराम श्रेष्ठले समिति सभापति जयपुरी घर्तीलाई प्रतिवेदन दिँदै १८ बुँदे सुझाव प्रस्तुत गरेका छन् ।  प्रतिनिधिसभा अन्तरगत रहेको शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छिमेकी देशहरूमा कोभिडको दोस्रो लहर देखापरेको भन्दै आवश्यक सतर्कता अपनाउन सरकारलाई सुझाव दिएको छ । भर्चुअल बैठक र स्थलगत रूपमा विभिन्न स्थानमा पुगेर अवलोकन गरि उपसमितिले विभिन्न सुझाव प्रस्तुत गरेको हो । 

    images
    images
    images

    उपसमितिले खुला बोर्डर भएका स्थानहरूमा संक्रामक लगायतका रोगहरूको चेकजाँच गर्न स्थायी स्वास्थ्य केन्द्रको व्यवस्था गर्न भनेको छ । प्रादेशिक तथा जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आइसियु लगायतका सेवाहरू प्रदान गर्नेगरि सुविधासम्पन्न बनाउनुपर्ने, संक्रामक रोगको उपचार, रोकथाम र नियन्त्रणका लागि विद्यमान कानुनहरू अपुग भएको भन्दै तीन तहको राज्यको संरचनालाई ध्यान दिई सो सम्बन्धि छुट्टै ऐन ल्याउन सुझाव दिएको छ । 

     

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij