Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

नेप्से आज ३९.६ अंकले घट्यो

नेप्से आज ३९.६ अंकले घट्यो

  • काठमाडौं । सेयर बजारको परिसूचक नेप्से आज ३९.६ अंकले घटेको छ।  यस दिन जम्मा ४ अर्ब ७५ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेप्सेसँग कारोबार रकम पनि खुम्चिएको छ।  बैंकिङ ३०, ब्यापार ९९, होटल ५९, विकास बैंक २२, फाइनान्स २, निर्जीवन बीमा समूह २२५, उत्पादन ९८, अन्य ४६, माइक्रोफाइनान्स ६९, जीवन बीमा समूह २७० अंकले घटेका छन्। 

    images
    images
    images

    पुनर्बीमा कम्पनीको सबैभन्दा बढी ४२ करोड ४२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कम्पनीको मूल्य भने प्रतिकित्ता ६५ रुपैयाँ घटेर १५४० कायम भएको छ।  तामाकोसीको २५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ। सो कम्पनीको मूल्य भने बढेर ५२७ कायम भएको छ। सान्जेन लविद्युतको मूल्य ९.८ प्रतिशतले बढेको छ भने रसुवागढीको मूल्य ७.३ प्रतिशतले बढेको छ। अरुण भ्याली हाइड्रो तथा हिमालय उर्जा विकासका लगानीकर्ताले ५ प्रतिशत मूल्य गुमाए। प्रभु बैंकको संस्थापक समूहतर्फको मूल्य ७ प्रतिशतले बढेको छ। 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij