Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

यस्ता छन् निमको जुसको अचुक फाइदा !

यस्ता छन् निमको जुसको अचुक फाइदा !

  • काठमाडौँ । निमको स्वाद अत्यधिक तितो हुन्छ । यसमा क्याल्शियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल तत्वहरु पाइनछन् । विशेषगरी मोटोपनका कारण चिन्तामा रहेका व्यक्तिहरुका लागि निमको जुस फाइदाजनक हुन्छ । यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्छ । 

    images
    images
    images

    मोटोपनका कारण समस्यामा रहेका व्यक्तिहरुका लागि निमको जुस पिउँदा तौल कम गराउँन मद्दत गर्छ । निमको जुस घरमा नै बनाउन सकिन्छ । 

    आवश्यक सामाग्रीः
    निमको पात २५० ग्राम
    पानी १ लिटर
    कागतीको रस ९स्वादअनुसार०

    विधिः
    १. निमको पात सफा गरेर रातभर भिजाउने
    २. भिजाएको निमको पात पिस्ने
    ३. तयार भएको पेस्टमा १ लिटर पानी र कागतीको रस मिसाएर छान्ने र बोतलमा राख्ने
    ४.उक्त जुस २ देखि ३ दिनसम्म पिउन सकिन्छ ।

    अन्य फाइदाः
    १.हरेक दिन निमको जुसले पेट, कम्मर जस्ता अंगमा लागेको बोसो पगाल्न मद्दत गर्छ । यसले तौल कम गर्ने र शरीरलाई फिट बनाउँछ ।

    २.नियमित रुपमा निमको जुस सेवन गर्दा क्यान्सर जस्ता बिरामीहरुबाट बचाउँछ ।

    ३.एन्टि ब्याक्टेरियल, एन्टिभाइरल जस्ता गुण पाइने भएकाले रोग प्रतिरोधी क्षमता बढाउँछ ।

    ४.निमको जुसले कमजोरी हराउँछ र दिनभर ताजा र उर्जावान महसुस गराउँछ ।

    ५. बच्चाहरुको पेटमा विभिन्न प्रकारका किराहरु परेमा निमको दुई थोपा रस पिलाउँदा पेटमा भएका समस्याहरु कम हुन्छ ।

    ६.यसले रक्तसञ्चार सन्तुलनमा ल्याउँछ । भने यसले रगत पनि सफा गराउँछ । 

    ७. निमको जुसको सेवनले अनुहारको दागदब्बा, चाँयापोतो, चाउरीपन र डार्क सर्कल कम गराउँछ । 

    ८. निमको पात क्याल्सियम र आइरनको मुख्य स्रोत भएकाले मांसपेशी र हड्डीहरु मजबुत बनाउँछ । 

    ९. दाँतको दुखाई कम गर्न पनि निमको जुस फाइदाजनक हुन्छ । 

    १०. निमको पातले कपाल पखाल्दा कपाल रुखो हुने समस्या कम हुन्छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij