Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

१२० संक्रमित थपिए, ८३ कोरोनामुक्त

१२० संक्रमित थपिए, ८३ कोरोनामुक्त

  • काठमाडौं । नेपालमा कोरोना भाइरसका १२० जना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार १४३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा १४३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितसंगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या दुई लाख ७४ हजार ६०८ पुगेको जनाएको छ । थपिएका संक्रमितमधये ५१ महिला र ६९ पुरुष छन् ।

    images
    images
    images

    पछिल्लो चौबीस घण्टामा ८३ जना संक्रमित नीको भएका छन् । हालसम्म दुई लाख ७० हजार ७६६ जना संक्रमित निको भएका हुन् । संक्रमित निको हुने दर ९८।६ प्रतिशत पुगेको छ । हालसम्म २१ लाख ८५ हजार १९० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार हाल ८३२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ५८ जना क्वारेन्टिनमा छन् । पछिल्लो चौबीस घण्टामा शून्य सङ्क्रमितको मृत्यु भएको छ ।

    हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij