Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

क्रिस्टियानो रोनाल्डोको लिगमा ६०० गोल पूरा, बनाए नयाँ कीर्तिमान !

क्रिस्टियानो रोनाल्डोको लिगमा ६०० गोल पूरा, बनाए नयाँ कीर्तिमान !

  • काठमाडौं । क्रिस्टियानो रोनाल्डोले स्पेजियाविरुद्धको खेलमा गोलसँगै सिजनको २० औं गोल पुरा गरेका छन् । रोनाल्डोले युरोपको शीर्ष पाँच लिगमा लगातार १२ सिजन २० भन्दा बढी गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । यस्तै रोनाल्डोले यस खेलसँगै ६०० औं लिग खेलको कोशेढुंगा समेत पूरा गरेका छन् ।

    images
    images
    images

    इटालियन सिरी ए फुटबलमा युभेन्टसले सहज जित हात पारेको छ । मंगलवार राति भएको खेल्न युभेन्टसले स्पेजियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

    घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन अल्भारो मोराटा, फेडरिको चिइसा र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको युभेन्टसले ६२ औं मिनेटमा मोराटाको गोलबाट अग्रता बनाएको थियो ।

    खेलको ७१ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसको अग्रता २-० को बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा रोनाल्डाले गोल गर्दै युभेन्टसलाई ३-० को जित दिलाए । यस्तै खेलको इन्जुरी समयमा स्पेजियाका एन्ड्रीले पेनाल्टीमा गोल गर्न सकेनन् ।

    तेस्रो स्थानको युभेन्टसले २४ खेलमा ४९ अंक जोडेको छ । स्पेजिया २५ अंक जोडेर १६ औं स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij