Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

चित्रकला

बाल्यकालको इच्छा अहिले आएर पेशा बन्यो : चित्रकार निरज कुईकेल

बाल्यकालको इच्छा अहिले आएर पेशा बन्यो : चित्रकार निरज कुईकेल

  • यो संसारमा कापिमा चित्र कोरेरपनि भविष्यको रेखा कोर्न सकिन्छ भन्ने पात्र म बन्न चाहन्छु । 

    images
    images
    images

    चित्रकला सुन्दर हुन्छ, मनमा उब्जेका सुन्दर भावना र कल्पनालाई रङ्गको माध्यमबाट कापिमा चित्रकारले उतार्ने गर्छन् । चित्रमा सुन्दर भावना समेटिएको हुन्छ, सुन्दर कल्पनाले बास्नादार भएको हुन्छ, अझै भनौं भने चित्रकारको प्रेम र स्नेहले चित्रले सुन्दर आकार लिएको हुन्छ । मन मस्तिष्कले सोच्न नसकेका कयौं अदृश्य कुराहरूलाई चित्रमा सुन्दर आकार चित्रकारले दिने गर्छन् । चित्रकलालाई आफ्नो जीवन्त ठानेर जीवनको यात्रा गरिरहेको हुन्छ । त्यस्तै चित्रकलालाई आफ्नो जीवन्त ठानेर चित्रकलामा निकै नै राम्रो छवि बनाउन सफल र अत्यन्तै प्रतिभाशाली चित्रकार हुन् निरज कुईकेल । जसले सानो उमेर छदाँदेखि नै आफ्नो मनमा कल्पित चित्रहरूलाई कापिमा उतार्ने कोशिस गर्दर्थे । चित्रकार निरज कुईकेल जसलाई पढाइमा भन्दा आफ्नो हातले बनाएको चित्रमा विश्वास गर्छन्् । उनै सालिन स्वाभवका, प्रतिभाशाली, चित्रकार कुईकेल सँग अनलाइन पत्रिकाका लागि कला संयोजक केशर राईले गरेको कला संवाद । 


     १. तपाईले कहिलेबाट चित्रकलालाई कापिमा उतार्न थाल्नुभयो ? 
    — सानो छदाँ नै मेरो मनमा चित्रकला कोर्ने इच्छाशक्ति प्रवल थियो । तर मैले मेरो मनभित्र सुन्दर भएर बसेको चित्रकलालाई बहिरी कापिको पानामा उतार्न सकिरहेको थिइन । जब म १०, ११ वर्षको भए तब मैले मनभित्र सुन्दर भएर बसेको चित्रकलालाई कापिको पानामा उर्तान थाले । 


    २. तपाईलाई चित्रकला बनाउने तिर नै लाग्छु भन्ने सोच कसरी आयो ? 
    —  मलाई चित्रकला बनाउछु भन्ने इच्छाशक्ति त थियो, तर त्यो इच्छाशक्तिमा पनि मेरो बुबाको हौसला पाएँ । हरदम बुबाले उत्प्रेरित गर्नुहुन्थ्यों । बुबाको उत्प्रेरणा नभइदिएको भए सायद अघि बढ्न सक्दिन थिए होला, तर बुबाको अहम् उत्प्रेरणा र साथले चित्रकला तिर नै लाग्छु भन्ने शक्त्ति र सोच आयो । 


    ३. याद छ तपाईलाई ? पहिलोचोटि कुन कुराको चित्र कोर्नुभएको थियो ? 
    — त्यो बेला अरू मान्छेहरूको चित्रभन्दा पनि भगवानको चित्रको महत्व धेरै हुन्थ्यो । घरमा पनि भगवानको फोटोहरू राखिन्थ्यो । मान्छेहरू भगवानप्रति आस्था राख्ने भएकाले भगवानको चित्र खुब चल्थ्यो, त्यहिं भएर पनि होला मैले पहिलो चित्र शिव भगवानको बनाएको थिए । 7.JPG


    ४. पहिलो चोटि आफुले बनाएको चित्र हेरेर कस्तो महशुस गर्नुभयो ? 
    —  हुन त आफुले बनाएको चित्र राम्रो नै लाग्छ, सबै आफ्नो सन्तानहरूलाई प्रेमको भावले हेरेर होला ‘मैले बनाएको चित्रपनि खुब राम्रो लागेको थियो ।’ अझै अरू मान्छेहरू प्रशंसा गरिदिनुभयो । म झन् ती प्रशंसाको सुन्दर शब्दले उत्प्रेरित भए, र अझै अघि बढ्ने जोस थपियो । 


    ५. अब तपाईले चित्रकलालाई नै भविष्य बनाउने विचार छ ? 
    — अहिले मैले जति चित्र कोरिरहेको छु, ज–जस्को चित्र कापिको पानामा उतरिरहेको छु, म यसलाई सधैभरि निरन्तरता दिनेछु । यो संसारमा कापिमा चित्र कोरेरपनि भविष्यको रेखा कोर्न सकिन्छ भन्ने पात्र म बन्न चाहन्छु । 

    ६. तपाईको  विचारमा चित्रकला के रहेछ ? 
    — मनमा उब्जेका सुन्दर कल्पनालाई रङ्गको मध्यमबाट कागजमा उर्तानु नै चित्रकला हो । चित्रकला एक मान्छेलाई सन्तुष्ट दिने मध्यम हो । सायद चित्रकला मन नपराउने मान्छे यो दुनियाँमा कमै मात्रमा होलान् । चित्रकला मनको भावना हो, कुनै कुरा आखाँले देखेर त्यसलाई भावनात्मक रूपमा कापिमा उर्तानु नै चित्रकला हो जस्तो लाग्छ । 


    ७. तपाईले चित्रकलाको टेनिङ्ग लिनुभएको हो ? 
    — मैले टेनिङ्ग दिएको छु, तर लिएको छैन । मेरो लागि सबैभन्दा ठूलो टेनिङ्ग मेरो मनभित्रको चाहना भयो । वर्षौ सम्म चित्रकलाको टेनिङ्ग लिएर पनि मनमा इच्छाशक्ति र चाहना छैन भने टेनिङ्ग लिएको कुनै मत्लब हुँदैन । 5.JPG


    ८. अरूको चित्र बनाइराख्दा खेरी सोसल मिडियामा कसरी छाउनुभयो ? 
    — सोसल मिडियालाई म मेरो लागि प्ल्याटफर्म भन्न रुचाउँछु । जब मैले कलाकारहरूको चित्र बनाएर उहाँहरूको मेसेज बक्समा पठाए उहाँहरूले चित्र मनपराएर आफ्नो फेसबुकको वालमा पोष्ट गरिदिनुहुन्थ्यो । उहाँहरू पोष्ट गरेपछि मलाई अरू मान्छेहरूले पनि चिन्न थाल्नुभयो । उहाँहरूले पोष्ट गर्दा मेरो नाम पनि आउथ्यो, त्यो देखेर अझै म धेरै उत्प्रेरित भए । 


    ९. तपाईले आफ्नो ट्रर्निङ पोइन्ट के कुरालाई मान्नुहुन्छ ? 
    —  म मेरो ट्रनिङ पोइन्ट अर्पण शर्मालाई लिन्छु, मेलै सोसल मिडियामा आउनुभन्दा अघि पहिलो चोटि अर्पण शर्माको चित्र बनाएको थिए । सबैभन्दा उहाँबाट म धेरै प्रभावित छु, उहाँको चित्र कोरेपछि मैले आफ्नो कलालाई सोसल मिडियामा स्थान दिने मौका पाए । 


    १०. अर्पण शर्मा पछि कुन कुन कलाकारको चित्र कोर्नु भयो ? 
    —  त्यसपछि निशान भट्टराई, कालीप्रसाद बसकोटा, नजिर हुसेन, सुमित पठाक, मिलन अमात्य, इन्दिरा जोशी, आस्था राउत, न्यू बज्रचार्य, नवराज पराजुली, एलिना चौहान, रचना रिमाल, टंक बुढाथोकी, वर्ष राउत उहाँहरूको चित्र कोरेको थिए । 


    ११. यति राम्रो चित्र कोर्नुहुन्छ, युवतीहरूको प्रेम प्रस्ताव पनि आउछन् होला नि ? 
    — आउछ धेरै नै, तर म त्यसलाई सामान्य रूपमा लिन्छु । कतिले छै चित्र बनाउनको लागि मात्र पनि प्रेमका कुरा गर्छन, अनि चित्र बनाइदिएपछि गायब हुन्छन् । धेरैले मेसेज गर्नुहुन्छ, म उहाँहरूको व्यवहार हेरेर रिप्लाई दिने गर्छु । राम्रो बोल्नेलाई राम्रोे बोल्ने अनि नराम्रो बोल्नेसँग नराम्रो पनि बोल्दिन । उहाँहरूले नराम्रो बोल्यो भन्दैमा मैले पनि त्यस्तै बोल्नुपर्छ भन्ने सोच राख्दिन । 


    १२. चित्रकलालाई व्यवसायिक रूपमा बढाउदै हुनुहुन्छ, परिश्रमिक कतिसम्म लिनुहुन्छ ? 
    — सबै चित्रहरूको परिश्रमिक एउटै हुँदैन, चित्र अनुसारको परिश्रमिक लिने गर्छु । सामान्य सिङ्गल तस्बिरको फ्रेम, होम सर्भिस गरेर २५०० सय लिने गर्छु । चित्रको प्रकृति हेरेर लिने गर्छु । 

    निराज कुईकेल facebook : https://www.facebook.com/niraj.kuikel.9

    निरज कुईकेलले कोर्नुभएका सुन्दर तस्बिर सुन्दर तस्बिरहरू ः

    1.JPG10.JPG5.JPG3.JPG2.JPG

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij