
Apr 30 2025 | २०८२, वैशाख १७ गते
वीरेन्द्रनगर । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मिर्गौलारोगीका लागि निशुल्क डायलसिस सेवा सुरु गरेको छ । प्रदेश अस्पतालमा अहिले २७ जना बिरामीको निस्शुल्क डायलसिस भइरहेको अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए । सामाजिक विकासमन्त्री दल रावलले बुधबार उक्त सेवाको शुभारम्भ गर्दै डायलसिसका लागि विभिन्न जिल्ला धाउनुपर्ने बाध्यता हटेको बताए ।
‘अस्पतालमा अहिले आठवटा मेसिनले काम गरिरहेका छन्,’ उनले भने, ‘प्रदेश अस्पतालले सुरु गरेको निस्शुल्क डायलसिस सेवाबाट कर्णालीबासी र छिमेकी जिल्लाका मिर्गौलापीडिलाई राहत हुनेछ । आन्तरिक व्यवस्थापनमा अस्पताल सक्षम भएपछि इमर्जेन्सी सेवा पनि निस्शुल्क गर्ने योजना अस्पतालले बनाइरहेको डा. केएन पौडेलले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij