Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित

केपी समूहको वीरेन्द्रनगरको आमसभा स्थगित

  • काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)केपी ओली समूहले सुर्खेतमा आयोजना गर्न लागेको आमसभा स्थगित भएको छ । वीरेन्द्रनगरमा यही फागुन १४ गते हुन लागेको प्रदेशस्तरीय कार्यक्रम स्थगित भएको प्रदेश सांसद तथा केपी समूहका नेता गुलाबजङ्ग शाहले जानकारी दिए । यसअघि विभिन्न सहरमा शक्ति प्रदर्शन गर्दै आएको केपी समूहले संसद पुनःस्थापना भएपछि वीरेन्द्रनगरमा १४ गते आयोजना गर्न लागेको सभा स्थगित गरेको हो । ‘हिजोसम्म राजनीति एजेण्डा एउटा थियो आज बदलिएको छ,’ ओली समूहका नेता गुलावजङ्ग शाहले भने, ‘हिजो जनताको माझ जाने कुरा थियो । संसद पुनर्स्थापना भयो । अब एजेण्डा नै परिवर्तन भएकोले कार्यक्रम स्थगित गरेका छौं ।’

    images
    images
    images

    कार्यक्रमलाई केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij