Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

म फेरि गृहमन्त्री बनेँ भने बधाई दिन कोही मन्त्रालय नआउनुः सुधन गुरुङ

म फेरि गृहमन्त्री बनेँ भने बधाई दिन कोही मन्त्रालय नआउनुः सुधन गुरुङ

  • काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिएको छु ।’

    AGNI GROUP

    बयानका क्रममा आफूलाई समितिका पदाधिकारीले सम्पत्तिको स्रोतबारे सोधेको प्रसंग निकाल्दै गुरुङले भने- समितिले मलाई यतिका सम्पत्ति कहाँबाट ल्याउनुभयो रु भनेर प्रश्न गर्‍यो । मैले पनि सहज रूपमा छानबिन समितिलाई नै तपाईंको पनि सम्पत्ति छानबिन गरौँ न त भनेर प्रतिप्रश्न गरिदिएँ ।’

    छानबिन समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री कार्यालयमा पुगिसकेको भन्दै उनले आफूले पूर्ण रूपमा सफाइ पाउनेमा आशावादी रहेको बताए ।

    आफूले क्लीन चीट पाएर पुनः गृह मन्त्रीमा फर्किने सम्भावनाबारे उनले थपे, ‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई पुनः गृहमन्त्री बनायो भने, मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामको लागि सुरूका दुई महिना कोही पनि नआइदिनुहोला ।’

    पुन: जिम्मेवारी पाए आफूले कामलाई प्राथमिकता दिने उनको भनाइ थियो ।

    सम्बोधनका क्रममा उनले अब बन्ने जिल्ला सभापति राजधानी केन्द्रित हुन नहुने बताए ।

    ‘अब बन्ने सभापतिले जिल्लामै बसेर पार्टीका गतिविधिहरू अगाडि बढाउनुपर्छ । राजधानीमा बसेर जिल्लाको सभापति बन्ने हो भने चुनावका बेला मात्र जनतामाझ पुगिन्छ, जसले पार्टीलाई फाइदा गर्दैन ।’

    आफू गृहमन्त्री हुँदा आम जनताबाट अभूतपूर्व साथ र सहयोग पाएको उनले जिकिर गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट