
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । एपीएफ क्लबकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले राष्ट्रिय महिला लिग अन्तर्गतको बाँकी खेल गुमाउने भएकी छिन् । राष्ट्रिय लिग अन्तर्गत सोमवार नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेपछि सावित्राले बाँकी खेल गुमाउने भएको हुन् ।
लिगको उपाधि नजिक रहेको एपीएफले अब दुई खेल खेल्न बाँकी रहेको छ । सावित्रा खेलको ६९ औं मिनेटमा पुलिसकी गोलकिपर उषा नाथसँग ठोक्किएपछि घाइते भएकी थिइन् ।
जारी लिगमा सावित्राले १० खेलमा ४३ गोल गरिसकेकी छिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij