
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा शीर्ष स्थानको एपीएफले जित हात पारेको छ । सोमवार भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबमाथि २-१ गोलको संघर्षपूर्ण जित शात पारेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन रबिना गोलेले एक गोल गरिन् । एपीएफले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पुलिसका अमृता जैशीले एक गोल फर्काईन् । दोस्रो हाफमा भने आत्मघाती गोलबाट एपीएफले अग्रता बनायो । ६९ औं मिनेटमा पुलिसकी कप्तान घिम कुमारी गुरुङले आत्मघाती गोल गरिन् । तर, ७५ औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो । अमृताले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरिन् ।
त्यसपछि खेलको ८६ औं मिनेटमा रबिनाले गोल गर्दै एपीएफलाई २(१ को जित दिलाईन् । जितसँगै एपीएफले अपराजित यात्रा कायम राखेको छ । र, एपीएफ उपाधि नजिक समेत पुगेको छ ।
एपीएफले १० खेलमा ३० अंक जोडेको छ । पुलिसले १० खेलमा १४ अंक जोडेको छ । चौंथो स्थानको पुलिस उपाधि होडबाट बाहिरिसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij