
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय ६० जनामा कोरोना पुष्टिहालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार २१६ पुगेको छ। कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ। अहिले सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ४७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार ४३१ पुगेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij