Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । सेनाको तस्बिर प्रदर्शनी सुरु भएको छ । सेना दिवस २०८२ का अवसरमा आज (आइतबार) देखि तस्बिर प्रदर्शनी सुरु गरेको हो ।
४ माघदेखि सुरु प्रदर्शनी ७ माघसम्म चल्नेछ । प्रदर्शनी सैनिक मुख्यालय जंगीअड्डामा भएको हो । प्रदर्शनीमा विभिन्न गणले स्टल राखेका छन् । नेपाली सेना फोटो प्रतियोगिता-२०८२ का उत्कृष्टलाई नगद तथा पुरस्कार प्रदान गरिएको छ ।
प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, ऐतिहासिक हातहतियार, उपकरण र सेनाले निर्वाह गर्दै आएका विभिन्न भूमिकाका सम्बन्धमा प्रदर्शनी गरएिको छ ।
साथै प्रदर्शनीमा सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयलगायतको विविध गतिविधि प्रदर्शनी गरिएका छन् ।









© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij