Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

सुनसरी-२ बाट पत्रकार इक्वाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

सुनसरी-२ बाट पत्रकार इक्वाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

  • काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    सुनसरी सदरमुकाम इनरुवामा आइतबार आयोजित घोषणा सभामा पत्रकार अहमदले उम्मेदवारी घोषणा गरेका हुन् ।

    AGNI GROUP

    ‘जनभावना अनुसार नेताहरूले काम गरिदिएको भए कलम चलाउने हात राजनीतिमा आउँदैनथ्यो, ‘घोषणा सभामा अहमदले भने,’ सुनसरी २ का मतदातालाई विश्वास दिलाउन चाहन्छु, पत्रकार हुँदा पनि सच्चाइको पक्षमा लेखेँ, राजनीतिमा पनि सच्चाइको पक्षमा उभिन्छु ।’

    ‘यथास्थितिवादी, पुराना र नयाँको विकल्प स् उन्नत, व्यवहारिक लोकतन्त्र मेरो सङ्ककल्प’ नारासहित चुनावी मैदानमा उत्रिने अहमदले बताए ।

    सुनसरी २ मा देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३, रामधुनी नगरपालिकाको १, २, ३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, र इटहरी उपमहानगरपालिकाको १ देखि ५ र १६–देखि २० नम्बर वडा समेटिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट