Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

शेखर पक्षको बैठक बत्तिसपुतलीमा जारी

शेखर पक्षको बैठक बत्तिसपुतलीमा जारी

  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट नेताहरुको बैठक बोलाएका छन् । बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा कोइराला पक्षीय नेताहरुको बैठक जारी रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई आधिकारिकता दिएपछि आफ्नो समूहमा छलफल गर्न कोइरालाले नेताहरुको बैठक बोलाएका हुन् ।

    AGNI GROUP

    बैठकमा नेताहरु कोइराला, धनराज गुरुङ, जीवन परियार, सञ्जय गौतम, दिनेश कोइराला, दिपक गिरी लगायत सहभागी छन् ।

    साथै, जिल्ला सभापतिहरुमा मोरङका डिगबहादुर लिम्बू, धादिङका सभापति रामनाथ अधिकारी लगायत सहभागी छन् । नेता कृष्णप्रसाद सिटौला निकट कोशीका सभापति उद्धव थापा पनि बैठकमा सहभागी छन् ।

    केही बेर अघिदेखि सुरु भएको बैठकमा नेताहरु बोल्ने क्रम जारी रहेको सहभागी एक नेताले जानकारी गराएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट