Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमालेले समानुपातिक प्रणालीबाट नाम फिर्ता लिएका ५ जनाको ठाउँमा पूर्ति गरेर निर्वाचन आयोगमा पेश भएको छ ।
एमाले स्रोतका अुनसार धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी, मकवानपुरका मेम्बरबहादुर लो र बैतडीका महादेव भट्टलाई समानुपातिक बन्दसूचीअन्तर्गत विभिन्न क्लष्टरको उम्मेदवार बनाइएको हो ।
उक्त सूचीबाट पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावलले नाम फिर्ता लिएका थिए ।
त्यसबाहेक सुर्खेतका बालाराम शर्माले प्रारम्भिक सूचीमै रहन नमान्दा उनको सट्टा पहिल्यै अर्को नाम पठाइएको थियो । राष्ट्रियसभा सदस्यको उम्मेदवार रहेका झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारीले समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij