Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पूर्व वडा अध्यक्ष स्थापितको हृदयाघातका कारण निधन

पूर्व वडा अध्यक्ष स्थापितको हृदयाघातका कारण निधन

  • काठमाडौं । काठमाडौँ महानगरपालिकाका वडा – २२ का पूर्वअध्यक्ष माणिकरत्न स्थापितको हृदयाघातका कारण मृत्यु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ८२ वर्षिय स्थापितको बिहीबार राती निधन भएको हो । उनका श्रीमती, २ छोरा र १ जना छोरी रहेका छन् । उनको आज टेकुस्थित जम्बुदीपमा अन्त्येष्टि गरिने निर्णय गरिएको वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनले जानकारी दिएका छन् ।

    AGNI GROUP

    पेशाले इञ्जिनियर स्थापित इञ्जिनियरिङ् पेशा छोडेर २०४४ सालमा पहिलो पटक जनपक्षीय उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा होमिएका थिए । २०४६ सालमा प्रजातन्त्र पुनवहाली भएपछि २०४९ सालको स्थानीय निर्वाचनमा उनी नेकपा एमालेको उम्मेद्वारका रुपमा विजयी भएका थिए ।

    त्यस यता संकटा क्लवको सल्लाहकारलगायत स्थानीय क्लव तथा संघसंस्थामा आवद्ध भएर सामाजिक काममा सक्रिय रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट