Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

अब गगनको हस्ताक्षर, यी हुन् ४ निर्णय

अब गगनको हस्ताक्षर, यी हुन् ४ निर्णय

  • काठमाडौं । नेपाली कांग्रेस (गगन समूह)ले अब शेरबहादुर देउवाको सट्टा सभापतिमा गगनकुमार थापाको हस्ताक्षर चल्ने निर्णय गरेको छ ।
    बिहीबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले अब देउवाको सट्टा सभापतिमा गगनको हस्ताक्षर चल्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    गत आइतबारदेखि बिहीबार (पुस २७ देखि ३० गते) मध्यरातिसम्म चलेको दोस्रो विशेष महाधिवेशनले गगनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

    AGNI GROUP

    सभापतिमा निर्वाचित भएपछि बिहीबार गगनले बिहीबार नै राखेको नयाँ कार्यसमिति बैठकले अब सभापतिको स्थानमा देउवाको सट्टा गगनको हस्ताक्षर चल्ने निर्णय गरेको हो ।

    योसँगै बैठकले सभापति गगनको नेतृत्वमा घोषणापत्र समिति र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    साथै, बैठकले चौथो निर्णय विशेष महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधि र सहयोगमा जुटेका नेता–कार्यकर्तालाई धन्यवाद दिने प्रस्ताव पनि पारित गर्ने निर्णय गरेको छ ।

    बैठकका यी निर्णयसहित विशेष महाधिवेशनबाट पारित र भएका निर्णय लिएर अद्यावधिकका लागि पदाधिकारीसहितको टोली बिहीबार नै निर्वाचन आयोग पुगेर बुझाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट