Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

माघ ४ पछि एमाले औपचारिक रूपमा चुनावमा होमिने

  • काठमाडौँ । नेकपा एमालेले माघ ४ गते काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    नेकपा एमाले बागमती प्रदेशका संयोजक तथा नेकपा एमालेका सचिव महेश बस्नेतले बिहीबार पत्रकार सम्मेलनमार्फत माघ ४ गतेबाट एमाले औपचारिक रूपमा चुनावमा होमिने बताए ।

    AGNI GROUP

    ‘माघ ४ गते काठमाडौँमा एमालेले विशेष जनप्रदर्शन गरेर चुनावमा होमिन्छ’, बस्नेतले भने, ‘खुल्ला सभाबाट एमाले निर्वाचनमा होमियो भन्ने सन्देश दिन खोजिरहेका छौँ ।’ उनले कतिपयले अझै पनि एमाले चुनावमा भाग लिन्छ र ? भनेर प्रश्न गरिरहेको भन्दै एमालेले चुनावमा भाग नलिने भनेर कहिल्यै पनि नभनेको बताए ।

    उनले लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे ।

    उनले लामिछानेलाई उन्मुक्ति दिने निर्णय आउनुमा एमाले कांग्रेस विभाजन गर्ने षडयन्त्र स्वरुप गरिएको भन्दै कांग्रेस विभाजन राष्ट्रियता लोकतन्त्र समाप्त पारेर अन्तर्राष्ट्रिय चलखेल भित्र्याउने प्रयास भएको दाबी गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट