Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले केही संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४२ हजार ६४८ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।
संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन (फागुन ६ गते)भित्र आवेदन दिनुपर्नेछ । निर्धारित समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij