Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच समायोजन

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच समायोजन

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) बीच औपचारिक रूपमा पार्टी समायोजन भएको छ । यहाँ आयोजित एक विशेष कार्यक्रमका बीच दुवै पार्टीबीच बुधबार समायोजनसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

    onlinepatrika
    Arghakhachi

    सहमतिपत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका थिए ।  

    AGNI GROUP

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक दाहालले राष्ट्रिय मुक्ति पार्टी नेपालसँगको समायोजनले विशेषगरी काठमाडौँ उपत्यकाका नागरिकका समस्या समाधानमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । 

    उनले काठमाडौँमा सुकुम्बासी, खोला किनारका पीडित, अव्यवस्थित बसोबास तथा सामाजिक–आर्थिक समस्याबाट ग्रसित नागरिकका पक्षमा सङ्घर्ष गर्दै आएका नेताहरू पार्टीमा समाहित हुनु सकारात्मक सङ्केत भएको बताए । 

    उनले भने, “काठमाडौँका सुकुम्बासी, खोला किनाराका पीडितलगायत थुप्रै नागरिकका समस्या समाधानका लागि अग्रसर रहेका नेताहरू र हाम्रो पार्टीबीच समायोजन भएको छ । अब हामी सङ्गठित रूपमा यहाँका नागरिकका समस्या समाधान गर्न सक्षम हुनेछौँ ।”

    पार्टीका सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्रका रूपमा स्थापित गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए । 

    त्यसैगरी राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) का वरिष्ठ उपाध्यक्ष सुमन सायमीले विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितलाई केन्द्रमा राखेर नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको बताए । उनले भावनात्मक निर्णय, भीडको दबाब वा क्षणिक स्टन्टभन्दा माथि उठेर आफूहरूले राजनीतिक निर्णय गरेको स्पष्ट पारे । 

    उनले भने, “हामी भावना, भीड वा स्टन्टका आधारमा होइन, विचार, सिद्धान्त र जनताको दीर्घकालीन हितका आधारमा यहाँ आएका हौँ । जनताको मुक्ति हाम्रो मूल चाहना हो र त्यो लक्ष्य नेपाली कम्युनिष्ट पार्टीमार्फत मात्रै पूरा हुन सक्छ भन्ने विश्वासका साथ हामी यो समायोजनमा सहभागी भएका हौँ ।”

    कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता वामदेव गौतम, राजेन्द्र श्रेष्ठलगायत राजनीतिक दलका नेता, सामाजिक अभियन्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट