Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बालुवाटार घेर्न आव्हान गर्ने निर्देश सेढाई पक्राउ

बालुवाटार घेर्न आव्हान गर्ने निर्देश सेढाई पक्राउ

  • काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार घेर्न आव्हान गर्ने निर्देश सेढाई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुधबार सेढाईलाई पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सेढाईले एसएमएस सेवा प्रदायकबाट विभिन्न व्यक्तिहरूलाई सन्देश पठाई पुस ३० गते मध्यान्ह १२ बजे बालुवाटार घेर्न जान आव्हान गरेका थिए ।

    AGNI GROUP

    सेढाईको सन्देशमा प्रदेश हटाई प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र राजासहितको सनातनी हिन्दु अधिराज्य बनाउनका लागि आव्हान गरिएको थियो ।

    सेढाईले सार्वजनिक शान्तिमा खलल पुराउने कार्य गरेको र संविधान विपरीतको कार्य भएको भन्दै कार्यालयले बुधबार बिहानै पक्राउ गरेको हो ।

    काठमाडौं उपत्यका अपराधा अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार उनीमाथि सार्वजनिक शान्तिमा खलल पुराएको कसुरमा अनुसन्धान हुनेछ ।

    त्यसबाहेक संविधानमा उल्लेख भएको भन्दा विपरीत कार्य नेपाल टेलिकमको गेटवे प्रयोग गरी कसरी सन्देश प्रसारित भयो र त्यसका लागि अनुमति लिइयो कि लिइएन भन्ने सम्बन्धमा पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट