Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

दमक भ्यू टावरलाई अस्पताल वा कलेज बनाइनुपर्छ : सुदन गुरुङ

दमक भ्यू टावरलाई अस्पताल वा कलेज बनाइनुपर्छ : सुदन गुरुङ

  • काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले झापाको दमकमा रहेको भ्यू टावरलाई अस्पताल वा कलेजमा रूपान्तरण गर्नुपर्ने प्रस्ताव गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै करदाताको करिब डेढ अर्ब रुपैयाँ लगानी भएको संरचनालाई खाली राख्नुभन्दा जनताको प्रत्यक्ष उपभोगमा ल्याउनुपर्ने बताएका हुन्।

    onlinepatrika
    Arghakhachi

    गुरुङले करिब १.४ देखि १.५ अर्ब रुपैयाँ खर्चेर बनाइएको टावर अग्लो भए पनि योजनाविहीन र उद्देश्यविहीन भएर थन्किएको टिप्पणी गरे। निर्माण सम्पन्न भए पनि भवनको प्रयोगबारे स्पष्टता नहुँदा जनताको जीवनसँग जोडिन नसकेको उनको भनाइ छ। 

    AGNI GROUP

    उनले समस्या पैसाको नभई सोच र जबाफदेहिताको भएको बताउँदै अब संरचना भत्काउने नभई सोच बदलेर जनताको कर जनतामै फर्काउनुपर्नेमा जोड दिए। टावरलाई कसरी सञ्चालन गर्ने भन्ने बहस भइरहँदा गुरुङले यसलाई क्षेत्रीय डायग्नोस्टिक र विशेष सेवा सहितको अस्पताल बनाउन सकिने स्पष्ट पारे। 

    झापाका नागरिक उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न टावरमा आपत्कालीन उपचार, डायलाइसिस तथा आमा र नवजात शिशुको उपचार सेवा सुरु गर्न सकिने उनको सुझाव छ। यो भवनलाई दिनदिनै मानिस बचाउने थलोको रूपमा विकास गर्न सकिने उनले औँल्याए।

    अस्पताल बाहेक यसलाई नर्सिङ र प्यारामेडिकल विज्ञान कलेजको रूपमा पनि विकास गर्न सकिने अर्को विकल्प उनले अघि सारेका छन्। नर्स, ल्याब र रेडियोलोजी टेक्निसियन उत्पादन गर्ने थलोको रूपमा विकास गरे विद्यार्थीहरू काठमाडौँ धाउनु नपर्ने र प्रदेशमै सीप सिक्ने वातावरण बन्ने उनको तर्क छ। 

    यस्तो कलेजले रोजगारी सिर्जना गर्नुका साथै भवनलाई नियमित रूपमा चलायमान बनाउने उनले बताए। दृश्य हेर्न मानिस एकपटक मात्र पुग्ने तर अस्पताल र कलेज हरेक दिन चाहिने भन्दै गुरुङले फोटो खिचेर मात्र देश नचल्ने टिप्पणी गरेका छन्। उनले कङ्क्रिटले नभई जिम्मेवारीले गर्व दिलाउने भन्दै एकछिन हेर्ने ठाउँ चाहिने कि हरेक दिन काम लाग्ने ठाउँ चाहिने भन्ने निर्णय अब लिनुपर्ने बताएका छन् 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट