Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

शेयर बजारमा सामान्य वृद्धि, करीब ७ अर्बको कारोबार

शेयर बजारमा सामान्य वृद्धि, करीब ७ अर्बको कारोबार

  • काठमाडौं । शेयर बजार आज सामान्य बढे पनि कारोबार रकम भने ७ अर्ब पुगेको छ । 

    onlinepatrika
    Arghakhachi

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.९० अंकले बढेको छ । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से २६३९.९१ अंकमा उक्लिएको छ । 

    AGNI GROUP

    समग्रमा बजार बढे पनि बैंकिङ, फाइनान्स, होटल, जीवन बीमा, उत्पादनमूलक र लघुवित्त घटेका छन् । बाँकी अरुमा हरियाली छाएको छ । 

    आज ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार ८ सय २४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९.४५ रुपियाँ बराबरको कारोबार भएको छ ।

    थ्रीस्टार हाइड्रो, दोर्दीखोला जलविद्युत र सुपरमादी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.३८ र ९.०७ प्रतिशतले नाफा कमाएका छन् । 

    रसुवागढी हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

    आज राधी विद्युत कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड ६५ लाख ६६ लाख ८ सय १३.५० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।  

    आइतबार भने राष्ट्रिय एकता दिवस (पृथ्वी जयन्ती) को अवसरमा सार्वजनिक बिदा हुँदा शेयर बजार पनि बन्द थियो भने हिजो सोमबार ५.५४ अंकले बजार घट्दा ६ अर्ब ४७ करोड २६ लाख ७ हजार ८ सय १.६१ रुपियाँ बराबरको कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट