Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

स्वावलम्बन लघुवित्तका सीईओले एक वर्षमा बुझे ४३ लाख तलब

स्वावलम्बन लघुवित्तका सीईओले एक वर्षमा बुझे ४३ लाख तलब

  • काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० नरेन्द्र सिंह विष्टले एक वर्षमा ४३ लाख रुपैयाँ तलब बुझेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीको सीईओ रही काम गरे बापत उनले गत आर्थिक वर्ष २०८१र८२ मा पारिश्रमिक मात्रै ४३ लाख १५ हजार रुपैयाँ बुझेका हुन् । जसबाट उनले ९ लाख ९३ हजार रुपैयाँ कर तिरेका छन् ।

    AGNI GROUP

    त्यसैगरी कम्पनीले गत आर्थिक वर्षमा सञ्चालकहरूलाई बैठक भत्ता बापत १७ लाख ६९ हजार रुपैयाँ भुक्तानी गरेको छ भने सञ्चालक समितिको बैठक सञ्चालन गर्न चाहिने अन्य खर्चमा ८ लाख ७२ हजार रुपैयाँ भुक्तानी भएको छ ।

    त्यसैगरी गत आर्थिक वर्षमा अन्य पदाधिकारीहरूको पारिश्रमिक बापत कम्पनीले १ करोड ७८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरेको छ । यता गत असार मसान्तसम्म शेयरधनीहरूले बुझिलिन बाँकी लाभांश रकम मात्रै ४ करोड ६५ लाख ८३ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

    गत आवमा कम्पनीको कुल व्यवस्थापन खर्च १ अर्ब ६ करोड ९८ लाख ९ हजार रुपैयाँ रहेकोमा कर्मचारीहरूमा मात्रै ९१ करोड ५७ लाख ३० हजार र अन्य सञ्चालन बापत १५ करोड ४० लाख ७९ हजार रुपैयाँ खर्च भएको कम्पनीको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट