Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

राप्रपाको चियापान कार्यक्रम शुरु

राप्रपाको चियापान कार्यक्रम शुरु

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्ष पनि काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शिर्ष नेता, पूर्वप्रधानमन्त्रीहरू तथा अन्य विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको छ ।

    AGNI GROUP

    कार्यक्रममा प्रधानमन्त्रीको सहभागितालगायत प्रमुख नेताहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले यसअघि विभिन्न नेताहरूलाई व्यक्तिगत रूपमा निमन्त्रणा दिनुभएको थियो । पृथ्वीनारायण शाहको ३०४ औं जयन्तीका रूपमा मनाइएको यो दिवसमा देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

    राप्रपाको चियापान समारोहले राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट