Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

साफ फुटसल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

साफ फुटसल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

  • काठमाडौं । यही जनवरी १३ देखि २६ सम्म थाइल्याण्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने जाने नेपालको पुरुष र महिला फुटसल टोलीलाई बिदाइ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै टिमलाई बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतले दुवै टोलीलाई बिदाइ गरे ।

    AGNI GROUP

    पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना हुन लागेको हो ।  महिला र पुरुष दुवैको साफ फुटसल च्याम्पियनसिप आयोजना हुन लागेको हो ।

    पुरुष फुटसल टिमले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेलेपनि महिला टिमले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप खेल्न लागेको हो ।

    एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले बिदाइ कार्यक्रममा टिमलाई शुभकामना दिँदै नेपालले तयारी राम्रो भएको र उपाधि जित्ने बलियो सम्भावना भएको बताए ।

    पहिलो पटक महिला र पुरुष दुवैको साफ च्याम्पियनसिप एकै पटक हुन लागेको र एकै पटक बिदाइ गर्नु ऐतिहासिक भएको नेम्वाङले बताए ।

    एन्फा महासचिव किरण राईले साफ फुटसल च्याम्पियनसिपमा नेपालले स्वरण पदक जित्ने सम्भावना रहेको बताए । यो टुर्नामेन्टले गर्दा अन्य घरेलु महिला प्रतियोगिता समेत अलि पछि सरेकोले राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

    यो टिममा राम्रो सम्भावना भएको र उपाधि जितेमा नेपाली फुसटलमा नयाँ अध्याय सुरु हुने राईले बताए ।

    फुटसल कमिटी संयोजक टीका लामाले पहिलो पटक साफ फुटसल हुन लागेको र त्यसमा नेपालले राम्रो गर्ने र उपाधि जित्ने सम्भावना रहेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट