Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

एनएमबि बैंकको साधारण सभाबाट १० प्रतिशत लाभांश पारित

  • काठमाडौं । एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं- एनएमबि बैंकको ३०औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न सभाले शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    AGNI GROUP
    सभाले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) दिने प्रस्ताव पारित गरेको हो।

    बैंकले सो आर्थिक वर्षमा २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको जनाएको छ। सो अवधिमा बैंकले २ खर्ब ८३ अर्ब ६५ करोड निक्षेप संकलन गरी २ खर्ब ४३ अर्ब ३० करोड कर्जा प्रवाह गरेको थियो।

    हाल बैंकले देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट