Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पुस २७-२८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् ।
सभापति बरालले बिहीबार विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनलाई सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्न अपिल गरेका हुन् ।
‘…विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
सबैको साझा सहभागिताबाट मात्र कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउने सभापति बरालको तर्क छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij