Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एकमात्र नेपाली खेलाडी

तेस्रोपटक विश्वकप खेल्ने सोमपाल एकमात्र नेपाली खेलाडी

  • काठमाडौं । आगामी फेब्रुअरीमा भारत र श्रीलंकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा हुँदा सोमपाल कामी मात्र तेस्रोपटक विश्वकप खेल्ने खेलाडीका रूपमा छन् ।

    onlinepatrika
    Arghakhachi

    नेपालले पहिलोपटक सन् २०१४ मा विश्वकप खेल्दा खेलेका सोमपाल कामीले २०२४ मा पनि खेले भने अब हुन लागेको २०२६ विश्वकपमा पनि खेल्ने छन् ।

    AGNI GROUP

    यस्तै पाँच खेलाडीले भने पहिलोपटक विश्वकप खेल्ने मौका पाएका छन् । राष्ट्रिय टिममै पहिलोपटक परेका शेर मल्लसहित बसिर अहमद, लोकेश बम, आरिफ शेख र नन्दन यादव पहिलोपटक विश्वकप सहभागिता हुनेछ ।

    यता कप्तान रोहित पौडेलसहित ९ खेलाडीले भने लगातार दोस्रोपटक विश्वकप खेल्नेछन् । रोहितसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा र गुल्शन झाले सन् २०२४ को विश्वकपमा खेलेका थिए ।

    कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक विश्वकपमा नेपालको कप्तानी गर्दै छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट