Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय

युनिक नेपाल लघुवित्तद्वारा लाभांश नबाँड्ने निर्णय

  • काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलार्ई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको पुस २२ गते बसेको सञ्चालक समितिको १०८औँ बैठकले आर्थिक वर्ष २०८१र८२ का लागि नगद तथा बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    बैठकले देशव्यापी रूपमा विगत चार वर्षदेखि निरन्तर देखिएको लघुवित्त विरोधी गतिविधिका कारण कर्जा नतिर्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष निकालेको छ । यसका कारण ग्राहक सदस्यहरूमा सामूहिक जमानी दायित्व कमजोर भएको र कर्जा असुलीमा गम्भीर समस्या उत्पन्न भएको संस्थाले जनाएको छ ।

    AGNI GROUP

    त्यसैगरी, व्यावसायिक मन्दीका कारण ऋणी सदस्यहरूको व्यवसाय अपेक्षाअनुसार सञ्चालन हुन नसक्दा आम्दानी संकुचन भएको, युवा विदेश पलायन र मन्दीकै प्रभावले कर्जा लगानी विस्तार हुन नसकेको अवस्था रहेको उल्लेख गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट