Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमालेले छान्यो राष्ट्रियसभाका लागि ६ उम्मेदवार

एमालेले छान्यो राष्ट्रियसभाका लागि ६ उम्मेदवार

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुङ्गो लगाएको एक नेताले जानकारी दिए । उनका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय भएको छ ।

    onlinepatrika
    Arghakhachi

    राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको बताइएको छ । एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी रहेको बताइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

    AGNI GROUP

    आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट