Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

रोजगारी बढाउने गरी काम गछौँ : मन्त्री घिसिङ

रोजगारी बढाउने गरी काम गछौँ : मन्त्री घिसिङ

  • ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले इन्जिनियरिङ पेसालाई सम्मानित बनाउन तथा रोजगारी बढाउन ध्यान दिएर काम गर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा मंगलबार आयोजित ‘मन्त्रीसँग इन्जिनियरका कुराः पेसागत मुद्दा सम्बोधन’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री घिसिङले इन्जिनियरको न्यूनतम पारिश्रमिक तोक्नुपर्नेमा जोड दिँदै यसका लागि श्रम मन्त्रालयले नै व्यवस्थापन एवं निर्देश गर्नुपर्ने आवश्यकता रहेको बताए ।

    AGNI GROUP

    “इन्जिनियरहरुका समस्या समाधान गर्न ध्यान दिन्छौँ, आर्थिक रुपान्तरणले नै इन्जिनियरहरुको रोजगारीमा प्रभाव पार्छ, निजी एवं सार्वजनिक संस्थानमा इन्जिनियरको धेरै माग छ, माग अनुसार पदपूर्ति नहुँदा काम गर्न समस्या भएको छ”, मन्त्री घिसिङले भने ।

    कतिपय निजी कम्पनीले गैरप्राविधिक राखेर पनि काम गरिरहेको उल्लेख गर्दै उनले रोजगारी सिर्जनाका लागि नीतिगत व्यवस्था आवश्यक भएको बताए ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवप्रसाद शर्माले इन्जिनियरका समस्या समाधान गर्न ऐन कानुन संशोधन गर्नेलगायतका काममा मन्त्रालयले सहजीकरण गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट