Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

कांग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की

  • काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भएर नाराबाजी शुरु गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    विशेष महाधिवेशनको तयारी भइरहेको अवस्थामा आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अघि कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनको निर्णय गर्न दबाब दिएका हुन् । पार्टी कार्यालयमा नेता विमलेन्द्र निधीसँग कार्यकर्ताको विवाद भएको थियो । निधि विशेष महाधिवेशनको विपक्षमा रहेका छन् । काँग्रेस केन्द्रीय कार्यालयमा नाराबाजी भएपछि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।

    AGNI GROUP

    विधानको धारा १७ (२) अनुसार ५४ प्रतिशतभन्दा बढी २ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि पार्टी नेतृत्वले विधानको व्यवस्थालाई बेवास्था गरेको भन्दै बहुसंख्यक नेता कार्यकर्ता असन्तुष्ट बनेका छन् । विशेष महाधिवेशनका पक्षधरहरूले भृकुटीमण्डपमा हल बुकिङ गरेर पुस मसान्तमा विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् ।

    विशेष महाधिवेशन पक्षधरलाई महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको साथ रहेको छ । यसअघि पुस मसान्तसम्म नियमित महाधिवेशन गर्ने कार्यतालिका कार्यान्वयन नभएपछि संस्थापन पक्षले बहुमतले निर्णय गर्दै नियमित महाधिवेशनलाई वैशाखका लागि सारेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट