Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कोमाबाट निस्किए अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान मार्टिन

कोमाबाट निस्किए अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान मार्टिन

  • काठमाडौँ । अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान डेमियन मार्टिन कोमाबाट बाहिर निस्केका छन् ।

    onlinepatrika
    Arghakhachi

    उनको अवस्थामा चमत्कारिक रूपमा सुधार भइरहेको अस्ट्रेलियन मिडियाहरुले उल्लेख गरेका छन् । ५४ वर्षीय मार्टिन गत महिनाको अन्त्यतिर बिरामी परे र मेनिन्जाइटिसका कारण क्वीन्सल्याण्ड अस्पतालमा भर्ना भएका थिए ।

    AGNI GROUP

    मार्टिनको परिवारले पछिल्लो ४८ घण्टामा उनको अवस्थामा उल्लेखनीय परिवर्तन आएको बताएको छ । कोमाबाट बाहिर निस्किएदेखि मार्टिनले असाधारण रूपमा राम्रो प्रतिक्रिया दिएका छन् र उनको परिवारले पनि यसलाई चमत्कार मानेको बताइएको छ ।

    उनी अब बोल्न थालेको बताइएको छ ।पूर्व विकेटकिपर एडम गिलक्रिस्टले मार्टिनको अवस्था यति सकारात्मक छ कि डाक्टरहरूले उनलाई चाँडै आईसीयूबाट बाहिर निकाल्न सकिन्छ भन्ने आशा व्यक्त गरेको बताएका छन् ।

    डेमियन मार्टिनले अस्ट्रेलियाका लागि चार एशेज सिरिज खेलेका छन् । २००६ मा तेस्रो टेस्ट अघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी अस्ट्रेलियाका दुई विश्वकप विजेता टोलीको हिस्सा पनि थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट