Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङका इन्द्रबहादुर केसी, धादिङ थाक्रेका आइते तामाङ र काठमाडौं १५ का विजय गुरूङ छन् ।
पक्राउ मध्ये इन्द्र र आइतेले युके पठाइदिन्छु भन्दै ७ जनाबाट १३ लाख रूपैयाँ असुलेका थिए । विजयले युके पठाइदिन्छु भन्दै १ जनाबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले इन्द्र र आइतेलाई काठमाडौंको गोंगबुबाट बिहीबार पक्राउ गरेको थियो यस्तै विजयलाई काठमाडौं(१४ बाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ मध्ये इन्द्र र आइतेलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस्तै विजयलाई वैदशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij