Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गर्न सकिने बताएका छन्।
आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन्।
उनले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पछिल्लो राजनीतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले ठूला दलसँग मिलेर अघि बढ्न तयार रहेको बताए। त्यसका लागि निर्णायक दुई ठूला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गरे। उनले आफ्नो पार्टी एकतामा लागेको उनको कथन थियो।
उनले चुनावको विकल्प नरहेको बताए। गणतन्त्र, संघीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने बताए।
पूर्वमन्त्री तथा पार्टीका सहसंयोजक नेपाल पार्टी एकता सभालाई सम्बोधन गर्न धनकुटा आएका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij