Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो।
बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित थिए भने २०७९ को निर्वाचनमा पराजित भए। पूर्वउद्योग मन्त्री समेत रहेका बस्नेत भदौ २३ र २४ को विध्वंस, तोडफोड र आगजनीपछि एमालेमा सबैभन्दा मुखर नेताको रूपमा चिनिन्छन्।
बस्नेतले पहिलो पटक सामाजिक सञ्जाल मार्फत आगजनी र तोडफोडको विरोध गरेका थिए। बस्नेत कै पहलमा अध्यक्ष केपी शर्मा ओलीलाई गुण्डुमा बसोबासको व्यवस्था मिलाइएको हो।
यसअघि उम्मेदवारको दाबेदारी गर्ने नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिएकोमा बस्नेतले धन्यवाद समेत दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij