Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । आसन्न प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ-२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।
आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको क्षेत्रीय संयोजक सुदन केसीले जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।
२०७९ मा पोखरेल माओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतान्तरले पराजित भएका थिए । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेल २६ हजार ६ सय ८१ मतमा रोकिएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij