Jun 08 2026 | २०८३, जेठ २५ गते
पार्टीको आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिए । झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । उनी यही क्षेत्रबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालको संसदीय चुनावमा निर्वाचित भएका थिए । तर, २०६० सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए । २०६४ सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
त्यसैगरी, झापा निर्वाचन क्षेत्र ४ बाट तीन जनाको नाम आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस भएको छ । उक्त क्षेत्रमा लालबहादुर साँवा लिम्बू, हीरा थापा र भोजकुमारी नेपालको नाम आज सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सिफारिस गरेको पार्टीका जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij