Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ ९ईक्यान० को उपाध्यक्षमा वासुदेव दाहालले उम्मेदवारी घोषणा गरेका छन् । उनी प्रकाश पाण्डे नेतृत्वको कार्यकालमा सचिव थिए । अघिल्लो निर्वाचनमा महासचिवका दाबेदार थिए ।
बागबजारस्थित प्राञ्जल एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रहेका दाहाल शैक्षिक परामर्श क्षेत्रको व्यावसायिक मर्यादा, संस्थागत सुदृढीकरण तथा सदस्यहरूको साझा हित प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताउँछन् ।
विदेशमा शिक्षा हासिल गरेका नेपाली विद्यार्थीलाई गुणस्तरीय, अत्याधुनिक तथा सीपयुक्त जनशक्तिका रुपमा स्वदेश भित्र्याउने तथा विदेशमा नेपाली शिक्षाको गुणस्तरको प्रचार गर्ने लक्ष्य उनले लिएका छन् ।
शैक्षिक परामर्श क्षेत्र र सरकारबीचको समन्वयात्मक सम्बन्धमा सुदृढीकरणसँगै प्रभावकारी परामर्शसँगै संस्थाका सदस्यहरुको सर्वोपरी हितका निम्ति आफू प्रतिबद्ध रहेको उनी बताउँछन् ।
पुस २८ गते ईक्यानको २० औँ साधारणसभा सम्पन्न हुँदैछ । उक्त साधारणसभाले नयाँ कार्यसमिति चयन गर्दैछ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij