Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

कोशीका मुख्यमन्त्रीले भने- प्रदेश सरकार शीघ्र पुनर्गठन हुन्छ

कोशीका मुख्यमन्त्रीले भने- प्रदेश सरकार शीघ्र पुनर्गठन हुन्छ

  • काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् ।

    onlinepatrika
    Arghakhachi
    प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने बताए ।

    नेकपा एमालेका नेतासमेत रहेका मुख्यमन्त्री कार्कीले आफ्नोले पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

    AGNI GROUP
    मुख्यमन्त्री कार्कीले सोही कार्यक्रममा एमालेको ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई दिएका थिए ।
     
    यस वर्षको शालिग्राम-मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई २१ हजार रुपैयाँसहित सम्मा गरिएको छ । चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्ने सुझाव दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट