Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

जरिवाना तिर्नेले उम्मेदवार हुन पाउने आयोगको भनाइ

जरिवाना तिर्नेले उम्मेदवार हुन पाउने आयोगको भनाइ

  • काठमाडौं । निर्वाचन आयोगले चुनावी खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई गरिएको जरिवानालाई जोडेर फागुन २१ मा उम्मेदवार बन्न नपाउने भनी मिडिया र सामाजिक सञ्जालमा आइरहेका समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रष्टीकरण दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा हाल जरिबानासम्बन्धी कुनै नयाँ निर्णय नगरिएको र पुरानै कानुनी व्यवस्था र निर्णयलाई कार्यान्वयन गरिएको उल्लेख छ ।

    AGNI GROUP

    भ्रममा नपर्न आग्रह गर्दै आयोगले कानुन बमोजिम जरिबाना बुझाउने उम्मेदवारलाई पुनः उम्मेदवार बन्न कुनै बाधा नपर्ने प्रष्ट पारेको छ ।

    २०७९ को प्रतिनिधिसभा प्रदेशसभा सदस्य चुनावमा उम्मेदवार भई प्रचलित निर्वाचन कानून बमोजिम खर्चको विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूको हकमा यसअघि नै निर्णय भइसकेको आयोगको भनाइ छ ।

    तोकिएको १५ हजार रूपैयाँ जरिवाना रकम सम्बन्धित निर्वाचन कार्यालयमा दाखिला गर्ने उम्मेदवारहरूको हकमा उम्मेदवारीबाट वञ्चित गर्ने लगायतका थप कारबाही नहुने आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट