Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा अन्योलता हटेको दाबी गरेका छन्। उद्योग वाणिज्य संघले आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले देश अब निर्वाचन तयारीतिर गएको बताए।
'अहिले देश अन्योलमा छैन भनेर हामी सबैलाई लागेको छ। सरकारलाई धेरै अप्ठ्यारो भएको मलाई थाहा छ। तर, जसरी तपाईंहरूले निर्वाचन नै हो भनेर वातावरण बनाउनुभयो। तपाईंहरू धन्यवादको पात्र हुनुहुन्छ। देश अब निर्वाचनको तयारीतिर गएको छ,' उनले भने।
उनले संविधानको सबालमा समीक्षा गर्नुपर्ने बेला आएको बताए। जेनजी आन्दोलनपछि त झनै यसको आवश्यकता आइसकेको उनको भनाइ छ। 'संविधान बनेकै बेला पनि हामीले दस वर्षपछि समीक्षा गर्नुपर्छ भनेका थियौं। जेनजी आन्दोलनपछि त्यसले हामी सबैको आँखा खोलेको हुनुपर्छ। निर्वाचनपछि आउने संसदले यस विषयमा पनि सोच्न जरुरी छ,' उनले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij