Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आर्सनलको प्रभावशाली जित

आर्सनलको प्रभावशाली जित

  • काठमाडौँ । आर्सनलले इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लामाथि प्रभावशाली जित निकाल्दै उपाधि होडमा आफ्नो पकड थप मजबुत बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    मंगलबार राति सम्पन्न खेलमा आर्सनलले भिल्लालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको दोस्रो हाफमा आक्रामक बनेको आर्सनलका लागि ग्याब्रिएलले ४८औँ, मार्टिन जुबिमेन्डीले ५२औँ, लियान्ड्रो ट्रोसार्डले ६९औँ र ग्याब्रिएल जेससले ७९औँ मिनेटमा गोल गरे ।

    AGNI GROUP

    एस्टन भिल्लाका लागि इन्ज्युरी समयमा ओली वाट्किन्सले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

    यस जितसँगै आर्सनलले १९ खेलबाट ४५ अंक जोड्दै शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाएको छ । म्यानचेस्टर सिटी ४० अंकसहित दोस्रो स्थानमा रहँदा एस्टन भिल्ला ३९ अंकमा तेस्रो स्थानमा सीमित भयो ।

    अन्य खेलमा चेल्सी र ब्राइटनले २–२ को बराबरी खेले भने म्यानचेस्टर युनाइटेड र उल्भ्सबीचको खेल १–१ को बराबरीमा सकियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट