Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

बैतडीमा ३ हजार अस्थायी मतदाता रहेको अनुमान, विवरण सङ्कलन गरिँदै

बैतडीमा ३ हजार अस्थायी मतदाता रहेको अनुमान, विवरण सङ्कलन गरिँदै

  • काठमाडौं । बैतडीमा अस्थायी मतदाताको विवरण सङ्कलन थालिएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता सङ्कलन सुरु गर्ने भएको हो ।

    onlinepatrika
    Arghakhachi

    बैतडीका विभिन्न स्थानीय तह, सङ्घसंस्था, कारागारसँग अस्थायी तथा करार कर्मचारीको विवरण माग गरि नामावली सङ्कलनको काम थालिएको निमित्त जिल्ला निर्वाचन अधिकारी पुरषोत्तम जोशीले जानकारी दिए । जिल्लामा तीन हजारको सङ्ख्यामा अस्थायी मतदाता रहेको अनुमान छ ।

    AGNI GROUP

    अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण यही पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ । सङ्कलित नामावली प्रकाशन र दाबी विरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

    आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा तथा कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धावस्थामा बसेका व्यक्ति एवं संवैधानिक निकायका पदाधिकारीको नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ।

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचानका लागि निर्वाचन आयोगले असोज १० देखि मङ्सिर ५ गतेसम्म विशेष मतदाता नामावली सङ्कलन समेत गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट