Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने भएका छन् ।
‘महामन्त्रीद्वयले पत्र काटेर विशेष महाधिवेशनको पक्षधरहरूलाई बोलाउनुहुन्छ । त्यसपछि विशेष महाधिवेशन तोक्छौ’ महामन्त्रीनिकट एक नेताले भने । ती नेताका अनुसार महामन्त्रीद्वयले औपचारिक पत्र नै काटेर विशेष महाधिवेशनको भेला बोलाउने सहमति बनिसकेको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने तयारी भइरहेको हो । यसैबीच महामन्त्री थापा निकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेन्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित कांग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्ने लगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij