Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

एमालेले बुझाएको समानुपातिक सूचीमा कुन क्लस्टरबाट को–को परे ?

एमालेले बुझाएको समानुपातिक सूचीमा कुन क्लस्टरबाट को–को परे ?

  • काठमाडौं । नेकपा एमालेले सोमबार राति निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीमा केही ’हेभिवेट’लाई पनि समेटेको छ । जस अनुसार उपाध्यक्ष रामबहादुर थापा बादल पनि परेका छन् । उनी उपाध्यक्षमध्येका वरिष्ठ हुन् । नेकपा विघटनका बेला एमालेमै रहेका उनको नाम आदिवासी जनजाति पुरूषतर्फ सुरूआती सूचीमा छ ।

    onlinepatrika
    Arghakhachi

    खस आर्यमा पनि एमालेले केही चिनिएका अनुहार समेटेको छ । खस आर्यतर्फ गुरू बराल पहिलो नम्बरमा छन् । उनी यसअघि राष्ट्रिय सभा सदस्यसमेतका उम्मेदवार थिए । कोशी प्रदेशबाट उम्मेदवार बन्दा उनको बराबरी मत आएको थियो । तर गोला तान्दा गोपाल बस्नेतसँग हार्न पुगेका थिए । त्यसो त उनी यसपटक उपाध्यक्षसमेत पराजित भएका थिए। बरालबाहेक डा पुष्प कँडेल समेटिएका छन् । उनी तेस्रोपटक एमालेको लेखा आयोग प्रमुख भएका हुन् । सात कार्यकालदेखि उनी लेखा आयोगमा छन् । गोरख बोगटी, नरेश पोखरेल, परशुराम अधिकारी, प्रेम पराजुली खसआर्यतर्फ पुरूष क्लस्टरमा समेटिएका छन् ।

    AGNI GROUP

    महिलातर्फ सचिव पद्मा अर्याल समेटिएकी छन् । स्याङ्जा–२ बाट चुनाव लड्दै आएकी अर्याल गत २०७९ सालको निर्वाचनमा पराजित भएकी थिइन् । उनी २०७४ को निर्वाचनमा भने त्यस क्षेत्रबाट चुनाव जितेकी थिइन् । लामो समय भूगोलको राजनीति गरेकी र दोहोर्‍याएर केन्द्रीय सचिव जितेकी उनी यसपटक समानुपातिक उम्मेदवार बनेकी हुन् ।

    महिला क्लस्टरतर्फ निरूदेवी पाल, टुका हमाल, कोमल ओली समेटिएका छन् । पाल र वली एमालेमा अवसर पाइरहने नेतामा पर्छन् । पाल प्रतिनिधि सभाकै समानुपातिक सांसद भइसकेकी छिन्। ओली पनि राष्ट्रिय सभामा सांसद भइसकेकी अनुहार हुन् । मुस्मिल क्लस्टरमा साजिदा सिद्धिकी, एकवाल मिया, मोहम्मद हारून हलुवाईलगायत समेटिएका छन् ।

    दलिततर्फ जितु गौतम, मनोहर विश्वकर्मा पौडेल, यमबहादुर परियार, निर्मल देउला, नीता घतानी, मायादेवी पोडेनी लगायतको नाम समावेश गरेर निर्वाचन आयोगलाई बुझाएको एक नेताले जानकारी दिए। थारू क्लस्टरमा शान्ता चौधरी, मञ्जु चौधरी, इच्छा चौधरी, जञ्जिर चौधरी लगायतको नाम समेटिएको छ। शान्ता चौधरी पनि यसअघि समानुपातिक सांसद भइसकेकी छन्।

    आदिवासी जनजातितर्फ महिलामा भूमिका लिम्बू, गंगादेवी श्रेष्ठ, अनिता कन्दङ्गवा, उषाकला राई, तारादेवी गुरूङ, लक्की शेर्पा, मौसम राई, नरदेवी पुन, भक्तकुमारी लामा, मिमा बरामु, यमुना घले, मनकुमारी तितुङ्ग, कान्ता राई, शर्मिला गुरुङ, सुमित्रा राजवंशी, हिरूसरा राना समेटिएका छन्। पुरूषतर्फ रामबहादुर थापा बादलका अतिरिक्त कुलभक्त शाक्य, बुद्धभक्त चित्रकार, इन्द्रबहादुर तामाङ, सोनाम छिरिङ लामा लगायत सूचीमा छन्। मधेसीतर्फ चन्द्रेश्वर मण्डल, अरबिन्द साह, रामचरित्र साह, सुशील श्रीवास्तव, विमला यादव, यशोदा यादव, मञ्जु महतो, रिंगला यादवको नाम समेटिएको एक नेताले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट